राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनका लागि काठमाडौंसहितका धेरै स्थानमा उम्मेद्वारी दर्ता गराउन सकेन। आन्तरिक तयारी नपुगेको र संगठनको अभावमा रास्वपाले झण्डै आधा स्थानमा उम्मेद्वार नभेटाएको हो।
संगठन नभएको भन्दै रास्वपाले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी नदिएको जनाएको हो। उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।
कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा रास्वपाका उम्मेदवार छैनन्।
ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन्। कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले कसैलाई उठाएको छैन।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते