पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो ।
टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।
गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।बुर्तिबाङ–तमानखोला १०.२ किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो ।
सडकको निरीक्षण गर्दै मन्त्री केसीले समयसीमा भित्र काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे ।
यस्तै चक्ति खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला–ढोरपाटन सडकको निर्माण सकिएको छ । उक्त सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भन्दै थप सडक निर्माणमा चासो व्यक्त गरे ।
अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए । छलफलका क्रममा पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सीडीई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई योजनाबारे जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमल प्रसाद अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिक मन्त्री केसीले समयसिमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए । ‘केही समस्या छ भने त्यहिअनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । पार्दशी तरिकाले गर्नुहोला, गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला । भोलि गएर कुनै पनि कुरा सुन्न नपरोस्,’ उनले भने । काम छोडेर गएका ठेकेदारलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने मन्त्री केसीले बताए ।
नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा नजाने योजनाअनुसार निर्णय गरेका थिए । त्यसयता मन्त्री केसी मन्त्रालयकै आन्तरिक काममा व्यस्त छन् ।
मन्त्री बनेको साढे दुई महिना अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । अब बेलाबखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजनाको निरीक्षणमा निस्कने बताए ।
`ठूला योजना जसले जनताको आर्थिक, सामाजिक उन्नतिक हिसाबले अर्थ राख्छ ती योजनाको बेलाबखत निरीक्षण गर्छु,´ उनले भने, `फिल्डमा जाँदा यथार्थ बुझिन्छ । आफू स्वयं गएर बुझेपछि अबको बजेटमा ती योजना समेट्न, संघ सरकारको सहयोग चाहिएमा प्रधानमन्त्री, भौतिक मन्त्रीसँग भन्न पनि सजिलो हुन्छ ।´
सम्बन्धित खबर
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछः प्रदेश प्रमुख भट्ट
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
यो पनि पढौँ
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, भुजेल प्रहरीको नियन्त्रणमा
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते