गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । शनिबार बिहान प्रदेश सभा भवन नदीपुरमा श्रद्धाञ्जलीका लागि गौचनको शव राखिएको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झण्डा ओढाए । गौचनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि व्यक्त गर्न मुख्यमन्त्री पाण्डेसँगै मन्त्री, प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता उपस्थित भए ।
६३ वर्षीया गौचनको बुधबार राति १ बजेर ४५ मिनेटमा काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । २०१८ मंसिर १८ गते मुस्ताङको थसाङ गाउँपालिकामा जन्मिएकी गौचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
उनी पर्यटन व्यवसायीसमेत थिइन् । गौचनका एक छोरा र छोरी छन् । गौचनको पार्थिव शरीरलाई आजै म्याग्दी लगेर अन्तिम संस्कार गरिने जनाएको छ ।
सम्बन्धित खबर
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदै
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
फिल्म हिट भएपछि मात्रै प्रचारमा जोडिएको भन्दै प्रकाश सपुतको आलोचना, मागे माफी
प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, भुजेल प्रहरीको नियन्त्रणमा