पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम) बाट उच्च शिक्षा लिने उद्देश्यले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बीसीएसआईटी, बीबीए, बीबीए (फाइनान्स) मा भर्ना भएका नयाँ २०२४ ब्याचका विद्यार्थीहरुका लागि कलेजले एक कार्यक्रमका बीच अभिमुखीकरण गरेको हो ।
पीसीएम हलमा भएको कार्यक्रममा संयोजकद्वय ई. हरिप्रसाद बारलले बीसीएसआईटी र हरि अधिकारीले बीबीएका विद्यार्थीलाई अभिमुखीकरण गरे । १४० भन्दा बढी नयाँ विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए ।
नयाँ विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसका प्राचार्य लिना नेगी श्रेष्ठले उज्ज्वल भविष्यका लागि उच्च शिक्षा अध्ययन गर्न पिसीएम चयन गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।
प्राचार्य श्रेष्ठले क्याम्पस सम्बन्धी नियम लगायतका बारेमा जानकारी दिँदै अनुशासन र विद्यार्थीको दायित्वका बारेमा सहजीकरण गरिन् ।
कार्यक्रमका झलकहरूः
सम्बन्धित खबर
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
पोखरा वडा नं. १२: आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
पोखराका मेयर धनराज आचार्यको निर्णयविरुद्ध वडाध्यक्ष बरालको आपत्ति
जनप्रिय क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त
पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो