ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई गत मंगलबार सदर गरेपछि यो मुद्दा टुंगिएको हो।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन्। त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ। मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ।
सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए। फैसला भएसँगै मनाङले आफ्नो मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए।
प्रहरीको विभिन्न निकायले उनको खोजी गरिरहेको थियो। केहीदिन अघि मात्रै मनाङेले विज्ञप्ति जारी गरी आफू अदालतको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए। त्यसैबीच प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे
मनाङेलाई मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सानो भर्याङको कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरिएको सीआईबी बताउँछ ।
सोमबार सिआइबीको टोलीले क्षेत्रपाटीको मण्डला होटलमा छापा मारेको थियो। तर उनी त्यहाँ भेटिएनन्।
प्रहरी टोली देखेपछि मनाङेले ‘किन आएको, म आफैं आइहाल्थे नि !’ ‘म आफैं आइहाल्थे । आउँछु भनेर विज्ञप्तीमार्फत जानकारी पनि गराएकै थिएँ’ भनेका थिए ।
त्यो घर अनिल गुरूङ भन्ने आफन्तको थियो। उनले गाडी स्टार्ट नै गरेर राखेको छ भनेपछि अरू टोलीलाई पनि त्यहाँ खटाएर घरमा हेर्दा त्यहीँ भेटिएका प्रहरी बताउँछ ।
फैसला हुँदा मनाङे काठमाडौंमै थिए । फैसला सार्वजनिक भएपछि मनाङेको मोबाइल अफ भयो । प्रहरीले उनको मोबाइल लोकेशन हेर्दा अन्तिम पटक सामाखुसीस्थित तिलिङेटार देखिएको थियो । मनाङेले नियमित चलाउने मोबाइल नम्बर अफमै राखे । तर हरेक दिन नयाँनयाँ सिम कार्ड प्रयोग गरेर मोबाइल चलाइराखेको पाइएको छ ।
सम्बन्धित खबर
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा