बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कास्कीमा बुझाएको छ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका नेपालीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
जिल्ला अदालत बागलुङले असोज १४ गते नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। उनी उक्त सहकारीमा संस्थापक अध्यक्ष समेत हुन्।
यही सहकारीको पोखरा शाखा र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत पोखराका संचालक समितिका उपाध्यक्ष रहेकाले अनुसन्धानका लागि कास्कीमा बुझाइएको हो।
कास्की प्रहरीले सहकारी अपचलनको अनुसन्धानका लागि केही दिन अघि बागलुङ प्रहरीलाई पत्राचार गरेको थियो।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते