काठमाडौँ । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुने छ ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते