पोखरा । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ ।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ । सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ । बिहीबार पोखरामा क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह, शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, संस्थापक यादवचन्द्र देवकोटा, पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, ताराप्रसाद तिमिल्सीना, सल्लाहकार खिमलाल अधिकारी र पूर्व सांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदिश पुनलाई अर्पण गरे ।
सो पुरस्कार यसअघि उद्योगपति गणेश बहादुर श्रेष्ठ, तेज बहादुर गुरुङ, लायन स्व. गोविन्द बहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदय बहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो । सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयबाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरियो । सो पुरस्कार संस्थापक गणेश बहादुर थापा र विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गरे । हिमालय क्लवले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिएको क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए ।
यस्तै नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार यस वर्ष चमेरी गुफा कृषक समुहलाई प्रदान गरिएको छ । समुहलाई संस्थापक कृष्णप्रसाद अधिकारी, प्रभा कोईराला, सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना र संयोजक प्रकाश थापाले नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विर्खचीले मानविय सेवाले नै मानव सभ्यताको पहिचान हुने बताउँदै, क्लवले गरेको कार्य प्रशंसनिय रहेको बताए । कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम पोखरा शाखाका प्रमुख सदिश पुनले मानव सेवाको क्षेत्रमा आफ्नो संस्था सदैव लागिरहने बताउदै, यस्ता सम्मानले थप उर्जा थपिएको बताए ।
क्लवका अध्यक्ष मोहन बहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव तुलबहादुर वस्नेतले गरेका थिए । कार्यक्रममा क्षेत्री समाज पोखरा १६ का एन्जिला थापा र अपिशा थापाले नृत्य, रेशम वस्नेतको गायन, राष्ट्रिय परोपकार महासंघले भजन चुड्का, हिमालय योग साधना केन्द्रले योग प्रस्तुती प्रर्दशन गरेका थिए ।
यसैबिच क्लवले आयोजना गरेको २७ औं रक्तदान कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता सावित्री तिमिल्सीनालाई रक्त संचार केन्द्रका अर्जुन ज्ञवालीले व्लड व्याग हस्तान्तरण गरी सुरु भएको थियो । करिव ३ घण्टासम्म भएको कार्यक्रममा अधिर्काश नयाँ रक्तदाताले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ