चितवन । चितवनमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
को भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ज्यान गुमाउनेहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । माइक्रोबसमा ६ जना थिए ।
बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मुग्लिनबाट नारायणगढका लागि छुटेको बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेको बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान तीन बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मरे
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते