रास्वपाले पोखरामा प्रदर्शन जारी राख्ने

रास्वपाले पोखरामा प्रदर्शन जारी राख्ने

andolan-rabi

पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गर्दै आएको प्रदर्शनलाई जारी राख्ने भएको छ।

बुधबार रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई निरन्तरता दिने जानकारी दिएका हुन्।

मंगलबार पोखरामा नै भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै रास्वपाले भर्त्सना पनि गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds