भरतपुरबाट पोखरा आउँदै गरेको जन्ती बस दुर्घटनाः १७ वर्षीय सन्देशको ज्यान गयो

भरतपुरबाट पोखरा आउँदै गरेको जन्ती बस दुर्घटनाः १७ वर्षीय सन्देशको ज्यान गयो

Accident tanahu

पोखरा । भरतपुरबाट पोखरा आउँदै गरेको जन्ती बस तनहुँमा दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ ।

ना ५ ख २ नम्बरको जन्ती बोकेको बस पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाँउपालिका ३ नयाँबजारमा दुर्घटना हुँदा चितवनका १७ वर्षिय सन्देश खड्काको ज्यान गएको हो । गुडिरहेको बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा पाँच जना घाईते भएका छन् । घाईते हुनेमा चितवनको भरतपुर बस्ने सरोज थापा, नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा, नर माया थापा र दुर्गा पुन रहेका छन् । उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ