नेपाल सरकारका सहसचिव प्रदीपराज अधिकारीले पुन: कम्पनी रजिष्ट्रारको जिम्मेवारी सम्हालेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयले असार ५ गते बुधवारबाट नयाँ रजिष्ट्रार पाएको हो ।
गएको जेठ १९ गते देखि कार्यालय रजिष्ट्रारविहीन अवस्थामा रहेको थियो । हुलाक विभागको महानिर्देशकबाट सरुवा भएर मन्त्रालयमा भित्रिएका सहसचिव अधिकारीलाई मन्त्रालयले रजिष्ट्रारको जिम्मेवारीमा खटाएको हो ।
सहसचिव अधिकारीले यसअघि पनि डेढ वर्ष जति रजिष्ट्रारको जिम्मेवारीवहन गरिसकेकोले उनी अनुभवी कर्मचारी मानिन्छन् । यही आधारमा मन्त्रालयले उनै अधिकारीलाई कार्यालयको जिम्मेवारीमा खटाएको बुझिएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम