पोखरा । संयुक्त राज्य अमेरिकामा आज राष्ट्रपति चुनावका लागि मतदान हुन गइरहेको छ ।
यसपटकको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ ।
ट्रम्प र ह्यारिसले आफ्ना समर्थकलाई मतदान केन्द्रसम्म ल्याउन पूरै शक्ति लगाइरहेका छन् ।
४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित हुन्छ । जसका कारण कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ ।
जनवरी २०, २०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्नेछन् ।
यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुनेछ ।
उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन् ।
सम्बन्धित खबर
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
ट्रम्पमाथि पूर्व मोडेल विलियम्सले लगाइन् यौन दुर्व्यवहारको आरोप
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु