सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने

women team

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारको तर्फबाट साफ महिला च्यापियनसिपको उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख रुपयाँ पुरस्कार दिने भएको छ।

च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन्।

यस्तै, मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए।

दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदा नेपाल उपविजेता बनको थियो।

यसअघि, बुधबार नै काठमाडौँ महानगरपालिकाले नेपाली टोलीलाई २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds