यी स्थानमा वर्षा र हिमपातको सम्भावना

यी स्थानमा वर्षा र हिमपातको सम्भावना

mausam

पोखरा । देशका केही स्थानमा आज बिहीबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

अहिले कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds