साफ महिला च्याम्पियनसिप अन्तर्गत अहिले साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच हुने फाइनल खेल पोखरेलीले एकसाथ बीग स्क्रीनमा हेर्न पाउने भएका छन् ।
पोखरा पृथ्वीचोक स्थित एलईडी बीग स्क्रीनमा लाइभ देखाइन लागेको हो ।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो एलईडी बोर्ड परिचय एडभरटाइजिङको हो । यसका सञ्चालक शोभित बस्यालका अनुसार सडक छेउमा रहेर रमाइलो वातावरणमा सबै एकसाथ खेल हेर्न पाइनेछ । ट्राफिक व्यवस्थापन कास्की ट्राफिक प्रहरीले गरेको छ ।
१२ औँ पटक फाइनलमा पुगेको नेपाल साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्दैछ। यसअघि सेमिफाइलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल आजको खेल जित्ने दाउमा छ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्दैछन्। रंगशालामा टिकट लिनेको भिड बढेपछि काठमाडौँ महानगरपालिकाले पनि तीन ठाउँबाट लाइभ गर्दैछ।
खेल सुरु हुनुभन्दा करिब ३ घण्टा अघि नै दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।
प्रमुख अतिथिको रुपमा रंगशाला जानुअघि उनले आज साँझ खेल समापन समारोहमा बोल्ने भाषणको पनि तयारी गरेका छन् ।
जसमा उनले ५० हजार दर्शक क्षमताको फुटबल स्टेडियम बनाउने घोषणा गर्ने बुझिएको छ। त्रिपुरेश्वरमा रहेको दशरथ स्टेडियमको कुल क्षमता नै १५ हजारको हो । जसमा हालै भएको भारतसँगको सेमिफाईनल गेममा १८ हजारभन्दा बढि दर्शक पुगेको बताइन्छ ।
आज हुने फाईनल खेलमा पनि दर्शकले टिकट पाएका छैनन् । कतिपय विहानैदेखि लाईनमा बसेका थिए । यस्तो अवस्थामा फुटबलप्रतिको क्रेज देखेर प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाभित्रै ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने घोषणा गर्न लागेका हुन् ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।
सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो ।
सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचाँै संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।
जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।
नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।
बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
सम्बन्धित खबर
नेपाल र बंगलादेशको फाइनल खेल पृथ्वीचोकको बीग स्क्रीनमा
साफ महिला च्याम्पियनसिप : फाइनल हेर्न टिकट बिक्री सुरू, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
चौँथो ठूलाडिही कपको उपाधि पुतलीबजारलाई
कास्की एकदिवसीय क्रिकेटमा राइजिङ पोखरा च्याम्पियन
१० खेलाडीमा सीमित नेपाल भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
सृष्टि खड्का बनिन् मिस पोखरा