काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट बिक्री गरिरहेको छ ।
नेपाल र बङ्गलादेशबीच आज बेलुका हुने फाइनलका लागि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री भइरहेको एन्फाले जनाएको छ ।
यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ । त्यसैले टिकट काट्नेहरुको लामो लाइन लागेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । सुरक्षाका कारण फाइनल खेलका लागि १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ ।
शरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने उनको सचिवालयले जनाएको छ । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।
सम्बन्धित खबर
साफ महिला च्याम्पियनसिप : फाइनल हेर्न टिकट बिक्री सुरू, खेल हेर्न प्रधानमन्त्री पनि रंगशाला जाने
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
चौँथो ठूलाडिही कपको उपाधि पुतलीबजारलाई
कास्की एकदिवसीय क्रिकेटमा राइजिङ पोखरा च्याम्पियन
१० खेलाडीमा सीमित नेपाल भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा
विश्वकप लिग–२ : आज नेपाल अमेरिकासँग खेल्दै
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
सृष्टि खड्का बनिन् मिस पोखरा