पोखरा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि सुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।
यसवर्ष यमदीपदान भोलि अर्थात् बुधबारदेखि सुरू हुने समितिले जनाएको छ । धनवन्तरी जयन्ती पनि भोलि बुधबार परेको छ ।
तिथिको घटबढका कारण पर्सि बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीबार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ।
समितिका अनुसार बिहीबार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको हो । गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि सुरू हुनेछ ।
कात्तिक १८ गते आइतबार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको बताइएको छ । तर बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ ।
सम्बन्धित खबर
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
आज चैते दशैँ पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व, सार्वजनिक बिदा
वासन्ती नवरात्र सुरु, मिथिला क्षेत्र पर्वमय
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु