रवि लामिछानेसँग झण्डै ९ घन्टा सरकारी वकिलले लिए बयान

अनुसन्धान

रवि लामिछानेसँग झण्डै ९ घन्टा सरकारी वकिलले लिए बयान

एकसाथ ३ अभियोगमा प्रहरी अनुसन्धान

rabi sarkari okil

पोखरा । सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार पनि सरकारी वकिलको कार्यालयले बयान लिएको छ ।

सोमबार पूर्वान्ह  ११ बजेदेखि साँझ झण्डै ८ बजेसम्म बयान लिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँग सोमबार तेस्रो पटक बयान लिएको बताउँदै प्रमुख न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेसँग बयान अझै बाँकी रहेको मिडियासँग जनाएकी छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कात्तिक ८ गते बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पूर्व विभागीय मन्त्रीलाई विशेष सुविधासहित राखेको कास्की प्रहरी अहिले रविमाथि एकसाथ ३ अभियोगमा अनुसन्धान गर्दैछ ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ