अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाण हेरेर हुन्छ: गृहमन्त्री लेखक

अनुसन्धान मुख हेरेर होइन, तथ्य र प्रमाण हेरेर हुन्छ: गृहमन्त्री लेखक

ramesh-lekhak

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने, ‘कुनै पनि अपराधिक कार्यमा जो पनि अनुसन्धानको दायरामा आउँछ र आउनुपर्छ । कसैमाथि पनि काखापाखा हुदैँन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख होइन, तथ्य हेरेर र प्रमाण हेरेर गरिन्छ ।’

बैठकमा सहभागी अधिकांश सांसदले अख्तियार तथा प्रशासनिक निकायले अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्दा सत्तापक्ष र प्रतिपक्षको हिसाब-किताब गरेर गर्ने गरिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ