पोखरा गैह्रापाटनका डाक्टर कोइराला लागुऔषधसहित पक्राउ

पक्राउ

पोखरा गैह्रापाटनका डाक्टर कोइराला लागुऔषधसहित पक्राउ

dr koirala

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला रहेका छन् ।

कास्की प्रहरीका अनुसार पोखरा १२ परिवार नियोजनको कार्यालय अगाडी चेकजाँजको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा ओपोट्याब ५० र तपेन्टाडोल ४ सय ट्याब्लेट फेला पारेको थियो ।

त्यसपछि उनको घरमा खानतलासी गर्दा थप १ सय ६० चक्की लागुऔषध फेला पारेको थियो ।

यसैगरी, नवलपरासीको मध्यविन्दु नगरपालिका ३ लेडा घर भई पोखरा १० हस्पिटलचोक बस्ने २४ वर्षीय सञ्जय चौधरीपनि लागुऔषधसहित पक्राउ परेका छन् ।

चौधरीको साथबाट ओपोट्याब ५० र तपेन्टाडोल १ हजार ३ सय ट्याब्लेट बरामद भएको थियो ।

पक्राउ परेका दुवै जनालाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ