अनमोल केसीको ‘जेरी अन टप’ को छायाङ्कन सुरू

फिल्म चर्चा

अनमोल केसीको ‘जेरी अन टप’ को छायाङ्कन सुरू

भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, माग्नेबुढा, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्तको अभिनय रहने

anmol jerry on top

अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । सोमबार पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।

फिल्ममा अनमोलको अलवा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौलाको अभिनयमा रहने छ ।

कार्यक्रममा अनमोलले आफूलाई सधैँ राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए ।

६० दिनको सेड्युल लिएर फ्लोरमा निस्केको फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाखमा छायाङ्कन हुने एसोसिएट निर्माता विवेक थापाले जानकारी दिए ।

शुभ साइत कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको सहभागिता थियो । गुरुङले फिल्मलाई सफलताको शुभकामना दिए ।

सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दीपक भण्डारी, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताका रूपमा रहेका छन् ।

सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा छ ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ