करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

death body

बुटवल । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।

प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले ई बताए ।

दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ