‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने

‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने

सुपरहिट फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ।

निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जनाएको हो।

यो फिल्म यसअघि ओटीटी प्लाटफर्ममा समेत आइसकेको छ । केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा फिल्म रिलिज हुनेछ।

हल र ओटीटीमा फिल्म नहेरेका दर्शकलाई युट्युवमा निःशुल्क हेर्ने सुविधा उपलब्ध हुनेछ ।

यसअघि यो फिल्मे सिनेमाघर, एमएसएम भिडिओ जस्ता ओटीटीमा रिलिज भैसकेको छ ।

बाबु र सन्तानको सम्बन्धको कथामा आधारित यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ