काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध भन्दै मंगलबार बालुवाटारमा बृहत् प्रदर्शन गर्दैछ ।
रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने जानकारी दिएको हो ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्ने नारासहित निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
रास्वपाले आइतबार माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी, प्लेकार्डसहित र्याली निकालेको थियो । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता–कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए ।
प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेको छ ।
सम्बन्धित खबर
रास्वपालाई उपप्रधानमन्त्री सिंहको प्रश्न– वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नुपर्दैन ?
रास्वपाले मंगलबार बालुवाटारमा बृहत् प्रदर्शन गर्दै
कानून मान्दिनँ भन्न पाइन्न, दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ: पोखरेल
भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ: माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
हामी अहिले नै सरकार ढाल्ने पक्षमा छैनौँः प्रचण्ड
सरकारविरुद्ध माओवादी केन्द्रले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड