[अपडेट] लेखनाथमा ७० वर्षीया बृद्धा बलात्कार अभियोगमा रेवतीरमण पक्राउ

[अपडेट] लेखनाथमा ७० वर्षीया बृद्धा बलात्कार अभियोगमा रेवतीरमण पक्राउ

pakrau

पोखरा । पोखरामा ७० वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । वृद्धा बलात्कृत भएको आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

जाहेरीपछि छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डे पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । पाण्डेलार्इ तनहुँकाे खैरेनीबाट पक्राउ गरिएकाे हाे ।

रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाइ छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बृद्धाको स्वास्थ्य परीक्षणको काम भैरहेको छ ।

सम्बन्धित समाचार

http://gandaknews.com/rape-lekhnath/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ