डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

सौन्दर्य प्रतियोगिता

डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

सुयशा मिसेस नेपाल इन्टरनेशनल र रेश्मा एमएस नेपाल इन्टरनेशलन घोषित

REE09664

विवाहित महिलाहरुको  प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दैडेनिलाले सो उपाधि चुमेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक एवं माईति नेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हाँसिल गरेकी हुन् । उनले उपाधि सँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हाँसिल गरेकी छिन् ।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनर अपको उपाधि किरण कार्कीले र थर्डरनर अपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै, सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाँसिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए ।

सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई बिगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो । माईति नेपालकी अध्यक्ष अनुरोध  कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेकी हुन् ।

सो क्रममा मानार्थ सम्मान अघि बसुन्धरा भूषालको सम्मानमा उनका आधा दर्जन गीतहरुमा नृत्य प्रस्तुति गरिएको थियो । हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनका टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरे । मिसेस नेपाल वर्ल्डमानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको चरित्र अभिनेत्री बसुन्धराले कार्यक्रममा बताईन् ।

विभिन्न सांगीतिक प्रस्तुति सहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरियो । जसमा माया लामाले पब्लिक च्वाईस, फेसबुक च्वाईस सहितको उपाधि, नानु सिंहले भिवर्स च्वाईस, मोष्ट ट्यालेन्ट, मल्टीमिडिया च्वाईस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमलेमस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकोन, सुसिला केसी दाहालले मोष्टक्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्तगरे ।

यो प्रतियोगिताको मुख्य निर्णायकमा अुनरोधा कोईराला, निर्णायकमा टेलिभिजन कर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार प्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्री केशतेलका अध्यक्ष टिकाराम बुढाथोकी लगायत थिए ।

सेसेमी लिम्बुले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा सञ्चारकर्मी ऋषी धमलाले यो उपाधिले नेपाली महिलाहरुलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्लेटफर्मसम्म पुर्‍याउँदै उनीहरुको व्यक्तित्व विकासमा निरन्तर योगदान दिएको भनाइ राखे ।

कार्यक्रममा गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रममा संगीतमय तुल्याएका थिए । यो प्रतियोगितालाई अश्विनीकान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सह-कोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ