१० खेलाडीमा सीमित नेपाल भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा

साफ महिला च्याम्पियनसीप फुटबल:

१० खेलाडीमा सीमित नेपाल भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा

बुधवार बंगलादेशसँग उपाधि भिडन्त

finalist nepal

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

यस अघि भारतले खेलको ७० औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । भारतकी संगीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् ।

भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो । खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन।

नेपाल सुरुवातमा दबाबमा देखिए पनि २० मिनेटपछि भने नेपाल सम्हालिएको थियो। दर्शकले भरिभराउ रङ्गशालामा सावित्रा भण्डारी, रेखा पौडेल तथा अमिषा कार्कीले गोलका अवसर बानाए पनि गोल गर्न सकेनन्।

भारतले पनि केही खतरनाक अवसर बनाए पनि गोल गर्न चुक्यो। इन्जुरी समयमा पनि भारतले फ्रिकिकमा गोलका सुन्दर मौका चुकायो।

यो सेमिफाइनल जित्ने टोलीले उपाधिका लागि आउँदो बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। आजै दिउँसो भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ