पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् ।
प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गरेका हुन् ।
प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गरे ।
त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराएका थिए ।
प्रजिअ भुसालले चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराए ।
तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताए । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाई गर्न नहुने उनको भनाई थियो ।
धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।
नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उनको भनाई थियो ।
लोमन्थाङ गाउँपालिका वडा नं. २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराए ।
लोमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने खाँचो उनले औंल्याए ।
कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ ।
कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटि अध्यक्ष लाक्पा वाङ्दी गुरुङले उल्लेख गरे । शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्ने गुरुङले बताए ।
जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताए ।
गण्डकी प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताए ।
उपल्लो मुस्ताङसम्मको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले पर्वतका पुलहरू, बञ्जी स्थल, बागलुङ कालिका भगवती दर्शन, मुक्तिनाथ मन्दिरमा दर्शन, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँच तले शिजा झोङ गुफा र कोरला नाकाको नेपाल क्षेत्र अवलोकन भ्रमण गरेका थिए ।
कोरला नाकामा सयौं आन्तरिक पर्यटक देखिए । गाउँपालिका महासंघ, गण्डकीको बैठक जोमसोममा समापनपछि अध्यक्ष नवराज ओझा लगायतका पदाधिकारी, सदस्यको टोली पनि मुस्ताङ पुगेको थियो ।
थप तस्वीरहरूः
सम्बन्धित खबर
गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख, मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण [तस्वीरहरू]
पूर्व गृहमन्त्री रवि लामिछानेका विषयमा भ्रम छरियोः कास्की प्रहरी
एभरेस्ट एफएमको आकस्मिक रक्तदानमा २ सय ५१ युनिट संकलन
चरक मेमोरियलका एमडी पोखरेलको नेतृत्वमा अफिन गण्डकी
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
पोखराका पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड