बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ सय रुपैयाँले बढेको छ।

आज सुन प्रतितोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ