पोखरा । विराटनगरमा हुने वाईवाई यू–९ राष्ट्रिय पुरुष टी–२० क्रिकेटमा सहभागी हुन गण्डकी प्रदेशको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
टोलीलाई प्रादेशिक क्रिकेट संघ गण्डकीले पोखरामा शुक्रबार खेलाडी तथा अफिसियललाई जीतको शुभकामनासहित बिदाइ गरिएको अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकी सदस्य केशव पाठक, प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सिग्देल, जिल्ला खेलकुद समिति सदस्यद्वय राजन बडगामी र विग्नेश थापा, पोखरा एभेन्जर्सका पुष्पराज त्रिपाठी, गण्डकी क्रिकेटका कोषाध्यक्ष दिवाकर थापालगायतले बिदाइ गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता सुरु हुँदैछ ।
गण्डकीको टिममा राष्ट्रिय यू–१९ का राष्ट्रिय खेलाडी अर्जुन कुमालको कप्तानी रहेको छ । जसमा करन पगेनी, सोहेल कुँवर, बंश क्षत्री, सुदीप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द छन् । टिम प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजर अभिषेक ढकाल छन् ।
गण्डकी प्रदेशले आफ्नो पहिलो खेल ११ कात्तिकमा मधेश प्रदेशसँग खेल्दैछ ।
राउण्ड रोविन आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल २१ कात्तिकमा हुनेछ ।
सम्बन्धित खबर
प्रदेशबासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय: गण्डकी स्वास्थ्यमन्त्री पाठक
पोखराका पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
राम्दीमा नयाँ पक्की पुल निर्माण कार्य तीब्र
कानून मान्दिनँ भन्न पाइन्न, दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ: पोखरेल
गण्डकीको क्रिकेट टोलीको बिदाइ
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
यो पनि पढौँ
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते