काठमाडौँ, १० कार्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।
आज काठमाडौँमा पार्टीले आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए । विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।
श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन । भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौं ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय भवन व्यवसायी मीनबहादुर गुरुङसँग दानमा लिएकामा पनि आपत्ति जनाए । ललिता निवास प्रकरणमा कीर्ते र संगठित अपराधको मुद्दा विचाराधीन रहेको र एउटा मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई प्रधानमन्त्रीले सफाइ दिन नमिल्ने उनले बताए ।
सम्बन्धित खबर
कानून मान्दिनँ भन्न पाइन्न, दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ: पोखरेल
भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ: माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
हामी अहिले नै सरकार ढाल्ने पक्षमा छैनौँः प्रचण्ड
सरकारविरुद्ध माओवादी केन्द्रले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
रास्वपाको प्रदर्शन तत्कालका लागि स्थगित, बैठकपछि नयाँ कार्यक्रम आउने
रवि र छवि सहित १२ जनालाई पक्राउ गर्न रुपन्देही अदालतको अनुमति
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड