स्याङ्जामा खुल्ला रक्तदान, १३६ युनिट रगत संकलन

स्याङ्जामा खुल्ला रक्तदान, १३६ युनिट रगत संकलन

Blood donation

स्याङ्जामा शनिबार खुल्ला रक्तदान कार्यक्रमबाट १३६ युनिट रगत संकलन भएको छ ।

चाडपर्व, डेङ्गु महामारी लगायतका कारण रगतको अभाव भएकाले रक्तसञ्चार केन्द्र स्याङ्जाको अनुरोधमा वालिङ् र भीरकोटमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा रोटरी क्लब अफ वालिङ्बाट ३० युनिट र नेपाल तरुण दलको ७२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भीरकोटबाट १०६ युनिट रगत संकलन भएको छ ।

रगत अभावका कारण आयोजित रक्तदान कार्यक्रमबाट संकलित रगत रक्तसञ्चार केन्द्र स्याङ्जामा राखिएको छ । जिल्लामा रगत अभावका कारण अप्ठ्यारोमा परेकाहरुलाई केही मात्रामा भएतापनी सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ