मुस्ताङमा लेक लागेर २ विदेशीसहित ३ जनाको मृत्यु

मुस्ताङमा लेक लागेर २ विदेशीसहित ३ जनाको मृत्यु

Jomsom Bazar

Pic. Roshan Budhathoki

जोमसोम । मुस्ताङमा लेक लागेर ३ दिनमा २ विदेशी नागरिकसहित ३ जना पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकी, एक भारतीय र एक जना नेपाली पर्यटक गरी ३ जनाको लेक लागेर मुस्ताङ अस्पताल पु¥याउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सूर्यबहादुर बागेटीका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका २ विदेशी र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिए । प्रहरी स्रोतका अनुसार गोरखा साविक गोरखकाली गाविस—१ कायम गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो ।

मुस्ताङ भ्रमणका लागि साथीहरुसंगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेशोकोन्दोमा बास बसेका थिए । सोही दिनको राति अन्दाजी १० बजे टाउको दुखेको समस्याका कारण जोशी होटलको डाइनिङ हलमा ढलेका थिए । त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समुह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो । जसमध्ये अमेरिकी नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पु¥याउँदा मृत्यु भएको डिएसपी बोगटीले जानकारी दिए ।

बिहीबार होटलमा बास बसेका अमेरिकन नागरिक गोल्डेसेजर भोलिपल्ट बिहान अमेरसम्म नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । उनी होटल कोठाको बाथरुममै ढलेर अचेत बनेका थिए । उनलाई इलाका प्रहरी कार्यालय लेते र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुस्ताङ अस्पताल पु¥याएको थियो । अस्पताल पू¥याउदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी बोगटीले उल्लेख गरे ।

यसैगरी शुक्रबार पनि मुक्तिनाथ दर्शन गरी फर्किएकी एक भारतीय महिला पर्यटकको लेंक लागेर मुस्ताङ अस्पताल पु¥याउदा मृत्यु भएको डिएसपी बोगटीले जानकारी दिए । बोगटीका अनुसार अन्दाजी बिहान साढे ११ बजे मुक्तिनाथ दर्शन गर्न आएकी भारत महाराष्ट्र मुम्वई,अधेरी वेष्ट वर्सोवा पिन ४०००६१ घर भएकी ६९ वर्षीय शारदा महादेव लगडे नाम गरेकी भारतीय महिला पर्यटकको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेंक लागेर अचेत भएकी थिइन् ।

मृतक महिलाका दाजु राजेन्द्र शान्ताराम कठितले प्रहरीलाई खबर गरेपछि प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पू¥याइएको थियो । अस्पताल पु¥याउँदा अन्दाजी साढे १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी बोगटीको भनाइ छ ।

मुस्ताङका डिएसपी बोगटीले मुस्ताङ आउँदा लेंक लागेर मृत्यु भएका २ विदेशीसहित ३ जनाको आवश्यक अनुसन्धान भइरहेको बताए । मुस्ताङको उच्च उचाइको क्षेत्रमा बिना स्वास्थ्य परीक्षण बिचको स्थानमा एकैपटक होल्डिङ नगरी आउँदा पर्यटकलाई लेक लाग्ने समस्या देखिने गर्छ । विशेष गरी उमेर कटेका ज्येष्ठ नागरिक, दीर्घ रोगी भएका पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । खानपानमा ध्यान नदिने र चिसो कुण्डमा स्नान गर्दा समेत लेक लाग्ने समस्या रहन्छ ।

  • सुन्दरकुमार थकाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ