सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव

सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव

Heli

सोलुखुम्बु । सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टर उडानमा प्रतिबन्धका लागि प्रस्ताव गरेको हो ।

निकुञ्जको कोर क्षेत्रभित्र दैनिक ५० औं पटक हेलिकप्टर उडान तथा अवतरण हुँदा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभाव पर्ने देखिएकोले उडान रोक्न प्रस्ताव गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताए ।

राष्ट्रिय निकुञ्जले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लालाई पत्र लेख्दै निकुञ्ज क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टरको उडान÷अवतरणमा निषेध गर्न अनुरोध गरिसकेको छ ।

यद्यपि प्रस्तावको निर्णयसहित कार्यान्वनमा भने चुनौती छ । नियम कार्यान्वयन नभए कानूनी प्रक्रियामा अघि बढ्ने निकुञ्जले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस विषयमा आवश्यक छलफल गरेर मात्रै निर्णय गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ