रास्वपाको प्रदर्शन तत्कालका लागि स्थगित, बैठकपछि नयाँ कार्यक्रम आउने

रास्वपाको प्रदर्शन तत्कालका लागि स्थगित, बैठकपछि नयाँ कार्यक्रम आउने

raswapa andolan

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक प्रदर्शनलाई स्थगित गरेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरी पोखरा लगेपछि गत शनिबारदेखि पोखरामा दैनिक प्रदर्शन गरिरहेको रास्वपाले आज (शुक्रबार) काठमाडौँमा विरोध गरेको थियो ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ ।

केन्द्रीय समितिको बैठकले आगामी दिनका विरोध कार्यक्रमसम्बन्धमा निर्णय गर्ने रास्वपाले जनाएको छ। विरोध प्रदर्शन उपत्यकाव्यापी बनाउने तयारी गरिने जनाइएको छ।

काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक समयावधि थपेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ