जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला छ।
सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ। त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो। तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन।
सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ। छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ। गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन उप्किए पनि त्यसको मर्मत हुनसकेको छैन।’हामीले मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा भनेका छौँ,’ कार्यालय प्रमुख शान्ति सोमैले भने, ‘तर सुनुवाइ भएको छैन।’
कतिबेला माथिबाट सबै खसेर चोट लाग्ने भन्ने डरैडरमा बस्ने गरेको प्रमुख सोमैले दुखेसो पोखे। विसं २०७६ मा उक्त भवन निर्माण भएको हो। दुईवटा कोठामा त्यस्तो समस्या देखिएको प्रमुख सोमैले बताए।रासस
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ