स्याङ्जाका तीन खेलाडी यु-१९ महिला विश्वकप छनौटमा परे

स्याङ्जाका तीन खेलाडी यु-१९ महिला विश्वकप छनौटमा परे

Syj cricket

स्याङ्जा जिल्लाका तीनजना खेलाडी युएईमा हुने आईसीसी यु -१९ महिला विश्वकप छनौटमा परेका छन् ।

स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदार कार्तिक १९ देखि २९ गतेसम्म हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)को छनौटमा परेका हुन् ।

नेपाल, युएई, कुवेत र थाइल्यान्डको सहभागिता रहने प्रतियोगितामा गण्डकीका चारजना खेलाडी छनौट भएका छन् । १४ खेलाडी छनौट भएकोमा गण्डकीका चारमध्ये स्याङ्जाका तीनजना र कास्कीकी एकजना रचना चौधरी छनौट हुन सफल भएका हुन् ।

स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले महिला क्रिकेटमा प्रदेशमा राम्रो प्रभाव पार्न सफल रहेको स्याङ्जाले यो पटक केन्द्रमा समेत सफलता प्राप्त गरेको बताए ।

उनले ६ वर्षदेखि महिला क्रिकेटमा गरेको लगानीले पहिलोपटक उपलब्धी पाएको बताउँदै अध्यक्ष थापाले प्रदेशको सिनियर टिममा स्याङ्जाका १० जना पर्ने गरेको जानकारी दिए ।

यस छनौटमा शिर्ष टोली विश्वकपका लागि छनौट हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ