एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण

एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण

jholunge pul

सांकेतिक तस्वीर

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीन वटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल हुन् ।

शिखको पोखरेबगर–पाउद्वार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको तीन करोड ४८ लाख रुपैयाँको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।

यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो ।

पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र पाउद्वारका बासिन्दालाई आवागन सहज भएको छ । यो पुल एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो । स्वाँतको खोपा खोलामा पनि ३० लाख रुपैयाँको लागतमा ६० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लायन्स क्लबको सहयोग काभ्रेमा
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
बढ्यो सुनचाँदीको मूल्य
उपराष्ट्रपति यादव अस्पताल भर्ना

ट्रेन्डिङ