समाजवादी पार्टीको महाधिवेशन माघ २५ देखि २७ सम्म काठमाडौंमा

समाजवादी पार्टीको महाधिवेशन माघ २५ देखि २७ सम्म काठमाडौंमा

samajbadi

तस्वीरः विजय नेपाल

पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५–२७ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पोखरामा दुई दिनसम्म चलेको प्रथम विधान अधिवेशनमा उक्त मितिमा काठमाडौंमा महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो । महाधिवेशनले प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरेको छ ।

यसैगरी, विधान अधिवेशनले पार्टीको नाम र झण्डासमेत परिवर्तन गर्ने निर्णय पारित गरेको छ । अब पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ र संक्षिप्तमा ‘नेसपा नयाँ शक्ति’ भएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् ।

सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै, सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएकोमा ७ लाख ५० हजार आय र ९ लाख ७७ हजार रुपैयाँ व्यय रहेको जनाइएको छ ।

पोखरा सभागृहमा चलेको पार्टीको प्रथम विधान अधिवेशनमा देशरभका ७१ जिल्ला र विदेश (६ देश) बाट करिब ५ सय प्रतिनिधिले भाग लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ