नेपालको कीर्तिमानी जित, माल्दिभ्सको पोष्टमा ११ गोल

नेपालको कीर्तिमानी जित, माल्दिभ्सको पोष्टमा ११ गोल

nepal women football

 सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ ।

घरेलु दशरथ रंगशालाको मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा माल्दिभ्समाथि ११-० को जित हासिल गरेको हो ।

दशरथ रंगशालामा नेपाली चेलीहरुले यति ठूलो फराकिलो अन्तरको गोल यसअघि गरेका थिएनन् । नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन् । त्यस्तै प्रिती राईले ३ गोल गरिनन् ।

सविता राना मगर, अमिषा कार्की र अनिता केसीले १-त्र गोल गरे । आधा दर्जन गोल गर्ने अवसर त नेपालले मध्यान्तरअघि नै खेर फालेको थियो ।

पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएन ।

यसअघि नेपालले सन् २०१६ मा माल्दिभ्सलाई ९-० पराजित गरेको थियो। पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन ।

समूह बी को खेलमा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । साफमा नेपाल र माल्दिभ्स चार पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ ।

यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा भने प्रशिक्षकले उतारेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ