काठमाडौँ । मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छन्।
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी चौधरीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी हुन्।
नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई उक्त अवार्डबाट अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्।
चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अन्तर्राष्ट्रिय अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।
यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन्। सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सीमान्तीकृत जाति, अपांगता भएका व्यक्ति र गरीबहरूको मानव अधिकारका लागि काम गरे बापत उनलाई अवार्ड दिइएको थियो।
अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्यका लागि दिइन्छ।
बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो।
अहिलेसम्म उनले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्र संघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन्।
सम्बन्धित खबर
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड
स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस
माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने
यी स्थानमा बदली र वर्षाको सम्भावना
राजनीतिमा शुद्धीकरण र जनताको चेतनास्तर बढेमात्रै समुन्नति हुन्छ: डा. भट्टराई
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन