आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न

आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न

ARBS syj

स्याङ्जा आँधीखोला गाउँपालिका स्थित आँधीखोला अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजनामा ४ दिने उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।

विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यहि कार्तिक २ गतेदेखि तालिम संचालन गरिएको प्रधानाध्यापक स्मृति काफ्लेले जानकारी दिइन् ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक काफ्लेले तालिममा सिकेका कुराले व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

तालिममा सिकेका कुरालाई अभ्यासमा उतार्न र समाजमा आफ्नो विशिष्ट पहिचान बनाउन अनुरोध गर्दै प्रशिक्षक सन्तोष न्यौपानेले र बिक्रम संवतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिममा पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कार्यक्रम प्रमुख बिक्रम संवत र विद्यालयकी प्रधानाध्यापक स्मृति काफ्लेले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ