भीरकोटमा वृहत् योग शिविर हुने

भीरकोटमा वृहत् योग शिविर हुने

Yoga_shiwir

स्याङ्जाको भीरकोट नगरपालिकामा वृहत् योग शिविर सञ्चालन हुने भएको छ । शिविर भीरकोट खेलमैदानमा कार्तिक ९ देखि १३ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबै सहभागी हुन पाउनेछन् ।

भीरकोट नगरपालिका -१ को खेलमैदानमा संचालन हुने योग शिविरका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ ।

शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गरेका छन् ।

पतञ्जली योगपिठ नेपालको संयोजन तथा पालिकाको आर्थिक सहयोगमा “योग गरौं, स्वस्थ रहौं” भन्ने मूल नारासहित संचालन हुने उक्त शिविरमा तीनदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिए ।

शिविरमा स्वास्थ्य लाभ लिन सहभागीहरुलाई पतञ्जली योगपिठ नेपालको संयोजक साध्वी देवादितिले प्रशिक्षण दिनेछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ