स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ को उपाधीका लागि विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका भिड्ने भएका छन् ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा पुतलीबजारले भीरकोटलाई जितेसङ्गै विरुवासङ्गको भेट पक्का गरेको हो ।
पुतलीबजारले भीरकोटलाई ३-१ को सेटमा २५-१९, २५-१५, २३-२५ र २५-१७ अङ्कले जीत निकालेको हो।
वालिङ् खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विरुवाले कालीगण्डकीलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विरुवाले कालीगण्डकीलाई २५-१८, २१-२५, २५-२२, १३-२५ र १८-१६ अङ्कले पराजित गरेको हो ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधा अन्तर्गत उत्कृष्ट स्पाइकर, क्वीकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र एक उदयमान खेलाडीलाई जनही पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने खेल संयोजक प्रकाश श्रेष्ठले बताए ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ।
सम्बन्धित खबर
लमजुङका भेषबहादुर पौडेल गण्डकीको वनमन्त्री बन्दै, साढे ४ बजे शपथ
पाेखरामा रास्वपा कार्यकर्ताबाट पत्रकारमाथि आक्रमण भएकाेमा पत्रकार संघसंगठनकाे आपत्ति
स्याङ्जा आईसीसी कप: उपाधिका लागि विरुवा र पुतलीबजार भिड्ने
बागलुङको छुर्पी अमेरिका निर्यात
रास्वपाको आज पनि पोखरामा विरोध प्रदर्शन
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
स्याङ्जाका तेजनले आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरे