अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

सोमपाल बने प्लेयर अफ द सिरिज

Cricket Kheladi

पोखरा । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले अमेरिकामाथि ऐतिहासिक ‘क्लिन स्विप’ गरेको छ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।

यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो ।

टस जितेरपहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

यससँगै, नेपालका तीव्र गतीका बलर सोमपाल कामी प्लेयर अफ द सिरिज बनेका छन् ।

सोमपालले सिरिजका ३ खेलमा ५ विकेट लिएका थिए । पहिलो खेलमा कुनै विकेट लिन नसकेका सोमपालले दोस्रो खेलमा २ तथा तेस्रो खेलमा ३ विकेट लिएका थिए ।

दोस्रो खेलमा भएको सुपर ओभरमा सोमपालले २ रन खर्चिएर २ विकेट लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ