साफ महिला च्याम्पियनसिप : आज नेपाल माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

साफ महिला च्याम्पियनसिप : आज नेपाल माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

women team

पोखरा । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् । भुटानको १ अंक छ भने श्रीलंका ३ अंकसहित समूहको शीर्षस्थानमा छ ।

समूह ‘ए’ मा रहेको भारतले पाकिस्तिानलाई ५–२ गोलले हराएको छ । भारतले तीन अंक जोडेको छ भने बंगलादेश र पाकिस्तानको एक–एक अंक छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ