रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

Rabi-lamichhane-Arrested-Sahakari

पोखरा । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत शुक्रबार पार्टी कार्यालय काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा आज आइतबार थुकछेक बहस भएको थियो ।

थुनछेक बहस सकिएसँगै उनलाई ६ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

थुनामा राख्न आदेश भएसँगै रवि लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की लगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ