सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति?

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति?

sun

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोला ९५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ