पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

धर्म संस्कार

पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन

pathivara-devi

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् ।

दशैँको टीका पछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।

यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए ।

दशैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो ।

पाथीभरामा विशेषगरी बडादशैँ र चैतेदशैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।

पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारी समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ